कहिले काहि निरास हुन्छु फेरि सम्हालिन्छु

06 January, 2017

कहिले काहि निरास हुन्छु फेरि सम्हालिन्छु 
(नेपाली पत्रमा प्रकाशित २०७३ पुस २२ गते शुक्रबार)
दयावती सेढाई शक्ति मिलन समाजको अध्यक्ष छिन । उनको जन्म काभ्रे जिल्ला सरंथलीमा भएको हो । सात दिदिबहिनीको कान्छी हुन उनी । पारिवारीक  सामाजिक अवस्था कमजोर थियो । बुबा आमामै छोरीलाइृ पढाउनु पर्छ, भन्ने सोच थिएन, त्यसैले पढ्न लेख्न पाईएन दयवती बताउँछिन । त्यसैले ठुलो भएपछि के बन्ने भन्ने सपना पनि बनाइएन । कमजोर आर्थिक अवस्था, पढाई नभएको र रुढीवादी परिवारमा हुर्कनु प¥यो । यसरी १५ वर्षको उमेरमा २०४० सालमा काभ्रे,बाल्देफेच–५ कल्लेरी स्थित मागी विवाह भयो ।
बिबाह पछि उहाँसँग काठमाण्डौं बस्न थालियो । उहाँ ठमेलमा काम गर्नु हुन्थ्यो । लागु पदार्थ सेवन गर्नु हन्छ भन्ने बिबाह पछि चाल पाएं । लागु पदार्थ सेवन गर्नेबानी छुटाउन धेरै प्रयास गरे तर सकिएन सुधार केन्द्रमा सेवन गर्नेबानि छुटाउनन भेरै प्रयास गरे तर सकिएन सुधार केन्द्रमा राखियो । त्यहीबाट ईन्जेक्सनबाट सरेको मेरो अनुमान छ । यसै क्रममा २०५५ सालमा उहाँको रगत परिक्षण गर्दा एच.आ.भि संक्रमण भईसकेको रहेछ । म  पनि संक्रमण भईसकेको रहेछु । तर भाग्यवश मेरो छोरा भने सुरक्षित रहेछ । छोराले पढाई राम्रो गरेको छ । प्लस टु पढ्दै छ । एसएलसी र कक्षा ११ मा समेत जिल्ला टप गरेको छ । अहिलेको समयमा त एचआईभी संक्रमितहरुलाई कति अपहेलना छ, त्यति बेलाको कुरै नगरौं । ५÷६ वर्ष समाज र घरपरिवारलाई भनिन । त्यसपछि चर्काे बिरामी परे र त्यतिखेर सरकारले दिने दबाई एआरभी निश्चित कोटा थियो । किनेर दान महंगो थियो । बिरामी भएको एक डेढ वर्षपछि  २०६२ जेठ १० गते सरकारी कोटा अन्तर्गत एआरभी दबाई पाउन थाले । त्यसपछि स्वास्थ्यमा सुधार देखिन थाल्यो र आजसम्म अघि बढि रहेको छु । २०५८ सालमा श्रीमानको निधन भयो । त्यस पछि छोरा र बुढी सासु पालेर बसे । ९३ वर्षको यमेरमा सासुको निधन भयो । श्रीमान र सासुको किरिया म आफैले गरे र यि सबै कुराहरु सम्झदा निरास हुन्छु, फेरी सम्हालिन्छु । बिरामी र औषधी सेवन गर्दै गर्दा सहयोग र सहाराको आशामा थिएं । यसरी शक्ति मिलन समाजको सम्पर्कमा आए । त्यँहा म जस्ता सयौँ दिदी बहिनी भेटें । दुख सुखका कुराहरु साटासट गरियो । मनोविमर्श अनौपचारिक शिक्षा , क्षमता आभिवृद्धि तालिम लगायत औषधि उपचार र छोराको पढाई लागि सहयोग पाएं । जीवनमा उर्जा थपियो । अब मैले पनि केह ीगर्न सक्छु, भन्ने आशा पलायो । परिवारीब विभिन्नता अप्थ्याराहरुमा घरको सार्थ सहयोग पाइएन । बरु माईतीको सहयोग , सहारा धेरै मिल्यो । आजको दिनमा पनि छोराको शिक्षा दिक्षा, भविष्यको चिन्ता र काठमाण्डौंमा आर्थिक स्थितिका कारण चिन्तित हुन्छ । शक्ति मिलन समाजमा आवद्ध भएको १२ वर्ष भईसक्यो । उपाध्यक्ष कोषाध्यक्ष हुँदै २०७० असार महिनादेखि अध्यक्षको जिम्मेवारीमा छस । यस दौरानमा निकै काम ग¥यौं जस्ता लाग्छ । सयौं संक्रमित दिदी बहिनीहरुलाई उपचार गरी उनीहरुको ज्यान बचायौं । संक्रमितहरुको हक अधिकारको पक्षमा आवाज उठाई रहेका छौं, जनचेतना जगाईरहेका छौं । वास्तवमै हाम्रो बल बुताले भ्याए जति पहलकदमी लिइरहेका छौं । तर पनि हाम्रो सरोकारका विषयमा सम्बन्धित पक्षले न्यायोचित ध्यान पु¥याउन नसक्दा सिंगो राज्यलाई अपुरणिय क्षति भैसकेको छ ।

शक्ति मिलन समाज २०६० सालमै गठन भएको भएपनि २०६३ सालमा दर्ता भएको हो । नातिसरा राई संस्थापक अध्यक्ष हुनु हसन्छ ।  उहाँ अहिले कार्यकारी निर्देशक हुनु हुन्छ । केही संक्रमित महिला साथीहरुको अगुवाईमा संक्रमित महिला एवं बालबालिकाको हकहितका लागि यस संस्थाको जन्म भएको हो । समाजले पूर्ण तिरस्कार गरेको अवस्थामा संस्था मार्फत एचआईभि र एड्स मार्फत एच.आई.भि र एड्स बिरुद्धको अभियानमा संक्रमित महिलाहरुले पाइला चाल्नु आफैमा कम चुनौती थिएन । तर पनि हामी आफ्नो अधिकार सामाजिक न्याय र समान्ताको लडाईलाई थन्काउने सोचमा छैनौं । हाम्रो संघर्ष जारी छ । असामाजिक तत्वहरुले महिला बालबालिका बहुबिबाह, घरेलु हिंसा, योन जन्य यातना,बलात्कार तथा बेचबिखन जस्ता अमानविय सोझा सोझा असंख्य महिलाहरु एचआईभीको संत्र,मणमा परेका छन् ।  त्यसैगरी रोजगारीको शिलशिलामा विशेष ः भारत गउका मानिसहरुले नेपाल फर्केर कम जोखिम व्यवहार गर्ने श्रीमती वा केटी साथीलाई एचआईभि सार्नेको तथ्यांक पनि दरलाग्दो छ । यस अर्थमा एकातिर बिना कसुर एच आईभि सार्नेको र अर्काे तिर संक्रमणको कारणले घर परिवार र समाजबाट अपहेलित र तिरस्कृत भई बाचिंरहेको महिलाहरुको संख्या पनि उच्च छ । अझै पनि हाम्रो समाजले  एड्लाई साझा समस्याको रुपमा नहेरेको र एड्स सम्बन्धि चेतना कम भएको एच आई भि संक्रमितहरु विभेदकारी व्यवहार र तिरस्कारको पात्र भईरहनु परेको छ । न त राजनितिक पार्टिहरु नै  एच आई भि र एड्सलाई प्राथमिकता । तेसैले राष्टियस्तरको कार्ययोजना निमार्ण गर्दा यस समस्यालाई प्राथमिकतामा नराखिने गरेको छ । हाम्रो सामाजिक संरचनाका कारणले हामीमा शिक्षा एवं आय मुलक सीपको कमी र घरबार एवं समाजले तिरस्कृत गरेको अवस्थाको बाबजुत पनि हामी एचआईभी संक्रमित महिलाहरु जीवन यापनको लागि संघर्ष गर्नु परेको अवस्था एकातर्फ छ भने अर्काे तर्फ आफ्नो सन्तानको रेखदेख गर्ने गहन कर्तव्य पनि पारिवारीक परिवेश एवं कर्तव्यले हामी एचआइृभी संक्रमित महिलाहरु अरु संक्रमितहरु भन्दा ठुलो मारमा परेका छौ । जीवन उापनको लागि अवसर औषधी सहयोग बालबालिकाको शिक्षा र सामाजिक न्याय जस्ता विषयहरु संक्रमितहरुको पहुँच भन्दा अझै पनि तल छन यी समस्याहरु एवं  चुनौतीहरुलाई समाधान गर्न बहु पक्षिय कार्यक्रमहरुको आवश्यकता छ ।