नयाँ नेतृत्व चयन गर्दै शक्ति मिलन समाजको पाँचौ अधिवेशन सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै शक्ति मिलन समाजको पाँचौ अधिवेशन सम्पन्न

30 August, 2017

कपन अनलाइन
काठमाडौ,भाद्र १५ ।

शक्ति मिलन समाजले अबको दुई बर्षको कार्यकालको लागी  नयाँ नेतृत्वको सर्वसम्मतिले चयन गरेको छ । २०७४ भाद्र १४ गते चक्रपथमा स्थित एक होटलमा भएको ११ औ साधारणसभा र ५ औ अधिवेसन प्रमुख अतिथि राष्ट्रिय एचआईभी तथा एड्स महासघका अध्यक्ष श्री अच्युत सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा अतिथिका रूपमा कुमुदिनीका अध्यक्ष पुजा महतो,शक्ति समुहका सस्थापक चरिमाया तामाङ ,याक्सेसका अध्यक्ष गोकुल सुवेदी,सस्थापक सदस्य सरिता श्रेष्ठ उपस्थिति रहेको थियो। कार्यक्रममा सस्थापक सदस्य तथा कार्यकारी निर्देशनक नातिसरा राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

आगामी  कार्यकालको लागी  अध्यक्ष गोमा कार्की ,उपाध्यक्षमा सहाना प्रधान,सचिव चन्द्रा वि क कोषाध्यक्ष रूद्रकुमारी रानामगर,सदस्यहरूमा शोभा मिश्र,धनमाया डाँगी र मिना कुमाल सहितको सात सदस्यीय समितको गठन भएको छ ।
साथै सो कार्यक्रममा सस्थाको सदस्य जयन्ती बुढालाई सस्थाको सदस्यहरूलाई विभिन्न सघ सस्थामा आवद्व गराई जिविकोपार्जन गर्न सहयोग गर्नु भएकोमा नगद तथा जिन्सी सहित सम्मान गरिएको थियो ।