-
DATE
02 December, 2012 -
ADDRESS
चितवन
बाढि जस्तो मेरो जीवन
मेरो नाम आन्दी तामाङ्ग (नाम परिर्वतन) हो । म अहिले २२ वर्षकी भय । मेरा जीवन देख्दा म स्वयंम अचम्म हुन्छु । म बेचिएँ । एच.आई.भी संक्रमित भए । र घरबाट निकालिएँ । यस्तो लाग्छ मेरो जीवन बाढी हो । जुन कहिल्यै शान्त भएन । एक पछि तहस नहसको शृखला चलिरह्यो । कलिलो उमेरमै दु ःखको भुमरीमा निसासियो मेरो जीवन ।
म १० वर्षको छँदा चितवनको जंगलमा आमा दाउरा लिन जाँदा गैडाको आक्रमणमा परी मृत्यु भयो । त्यस पछि भाई र बहिनीको स्याहार सुसारको जिम्मा मेरो काँधमा आयो । दिनहरु बित्दै थिए । एक दिन मेरो फुपुकी छोरी अर्थात् मेरो भान्जी दिदीले काठमाण्डोमा राम्रो काम लगाइदिने बाचा गर्नुभयो । त्यति बेला म १७ वर्षकी थिएँ ।
आफ्नो कमाइबाट परिर्वतन पाई सुख दिने मेरो भित्रि इच्छा थियो । मेरो सपना पुरा हुने देखेर म औधि पैसा कमाउने धुनमा म दिदीको पछि लागे । म गाउँ बाट पहिलो पटक बाहिर निस्केकी भयर हुनाले मलाई बाहिरी संसारको अत्तोपत्तो थिएन । काठमाण्डौको यात्रामा निस्केकी म बम्बाई शहरको फूलबारी भन्ने ठाउँको एउटा वेश्यालयमा गएर मेरो यात्रा टुङ्गिन पुगेछ । मेरो दिदीले मलाई बेचेर नेपाल फर्किसकी भन्ने कुरा त्यहाँको साहुँनीले सुनाउँदा मेरो मस्तिष्कमा झट्का लाग्यो । मैले विश्वास गर्न सकिन । म आत्तिएँ । रोएँ । कराएँ । परिवार सम्झे । शारीरिक, मानसिक यातना लिई अन्तत मलाई नरकीय जीवन जीउन बाध्य तुल्याए । त्यहाँ म हरेक पल लुटिएँ । एक दिन एउटा ग्राहकले म सँग विवाह गर्ने इच्छा देखायो । म पनि सहमत भय । मलाई छोड्नका लागि साहुनीलाई भने । साहुनीलाई छुरी हान्ने सम्मको धम्की दिएँ । साहुनीले नछोडेपछि एक दिन योजना बनाएर त्यस ग्राहकले मलाई त्यस नरकबाट भगाउन सफल भयो । तीन महिनाको नरकीय जीवनपछि खुल्ला आकाशमुनि जीवन भर साथ दिन्छु भन्ने व्यक्ति सँग हातमा हात मिलाई नरकलाई पछि छोड्दै पाईला अघि बढ्दै गर्दा म पुर्न जीवित भएको आभाष मिलिरहेको थियो । मेरो खुसीको सीमा रहेन ।
हाम्रो विवाह भयो । पहिलो तीन चार महिना खुसीसाथ बित्यो । पछिका समयमा श्रीमान् जांड खाएर आउने र मलाई पित्ने क्रम चल्न थाल्यो । घरका मान्छेले माया गरे पनि पतिले विगत कोत्याउदै मलाई दिनहुँ पिट्ने । एउटा नरक छोडेर अर्को नरकमा आएको जस्तो हुन थाल्यो । जसो तसो गरी त्यहाँ पाँच वर्ष बिताएँ । यस बीच दुई बच्चा भए । मेरो अवस्थाको खबर पाएर मुम्बई फुलबारीस्थित माईती नेपालको कार्यालयबाट कर्मचारीहरु मेरो घर आए । र उहाँहरुको सहयोगमा म मेरो घर चितवन फर्कन सफल भँए ।
मेरो जीवन गाउँमा पनि सहज हुन सकेन । गाउँलेहरु त्यति राम्रा व्यवहार गर्दैनथे । मेरो नाम मुम्बईसँग जोड्थे । छहारी नामक संस्थाको कर्मचारी मलाई भेट्न गाँउ आउनुभयो । उहाँहरुबाट एच.आई.भी सम्बन्धी परामर्श सेवा पाएपछि म र मेरा दुई सन्तानको रगत परिक्षन गरीयो । ममा एच.आई.भी देखा परे पनि मेरा सन्तानमा भने संक्रमन नभएको पुष्टि भयो । मेरो स्वास्थ्य बिग्रिदै गएको थियो ।
छहारी संस्थाको सहयोगमा म शक्ति मिलन समाजको सम्र्पकमा आएँ ।शक्ति मिलन समाजले संञ्चालन गरेको केयर सेन्टरमा बसेर उपचार गराएँ । पीडादायी घटनाहरुले गर्दा मानसिक सन्तुलन पनि खलबलिएको थियो । यी सबै समस्या सँग लड्न शक्ति मिलन समाजले मलाई साथ दियो । हरेक पल सहारा बन्यो जीन्दगीको लडाईमा । छ महिनाको काठमाण्डौ बसाई, स्वास्थ्य उपचार, मनोसामाजिक विमर्श र मेरा दुई सन्तानको स्याहार सुसारको पुरा जिम्मा लिई शक्ति मिलनले ममा जीवनप्रति नयाँ उत्साह र उमङ्ग थपिदियो । आज म जीवन प्रति सकारात्मक छुँ । गाउँमै खेतीपाती गरी बसेकी छु । र मेरो जीवन प्रति सकरात्मक छु । गाउँमै खेतिपाति गरी बसेकी छु । र मेरा जीवनमा विष घोलेका ती अपराधीहरुलाई जेल पठाउन पनि म सफल भएकी छु ।